काठमाडौं, असार २० । यमनमा जारी सशस्त्र द्वन्द्वमा अहिलेसम्म दुई हजार दुई सय बालबालिका मारिएको तथ्यांक सार्वजनिक गरिएको छ ।
संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन वर्षदेखिको द्वन्द्वमा यति धेरै बालबालिका मारिएका हुन् ।
द्वन्द्वको चपेटामा परेर अरु कैयौं बालबालिका भोकमरीमा पर्नुका साथै विस्थापित भएको राष्ट्रसंघअन्तर्गतको बालबालिकासम्बन्धी निकायका कार्यकारी निर्देशक हेनरिट फोरले जानकारी दिए ।
३४ हजार बालबालिका घाइते भएका छन् ।
साउदी अरब नेतृत्वको गठबन्धन सेनाले कारबाही गर्दा भएको लडाईंमा परी यमनमा तीन वर्षमा झण्डै दश हजार जना मारिएका छन् । यमनमा सन् २०१५ देखि संघर्ष जारी छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्