काठमाडौंको चक्रपथमा सरसफाई अभियान सुरु « Image Khabar


काठमाडौंको चक्रपथमा सरसफाई अभियान सुरु


Imagekhabar
२० जेष्ठ २०७४, शनिबार १०:११

ग्रीनसीटी अस्पताल बसुन्धरा, होटल व्यवसायी, सुरक्षा निकाय, महिला समूह, युवा क्लब, नागरिक समाज, कलाकार र बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन गरिएको हो ।

सडकमा जथाभावी फालिने फोहोरमैलाले बटुवालाई मात्र हैन, पसल र घरमा बस्ने मानिसहरुलाईसमेत असर गर्न थालेपछि सरसफाईमा अभियान थालिएको अभियानका संयोजक लोकबहादुर टण्डनले बताए ।

प्रत्येक शनिबार बिहान चक्रपथ सरसफाई गरिँदै आएको छ । अभियानकर्ताहरुले बसुन्धराबाट नयाँबसपार्क, माछापोखरी, बालाजुसहित सबै चक्रपथ क्षेत्रमा सरसफाई गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्