
शनिबार भएको वार्तामा दुईपक्षीय वार्ताकाक्रममा बन्दकर्ताहरुको मागलाई एअरलाइन्सले सम्बोधन गर्ने लिखित प्रतिबद्धता जाहेर गरेपछि हिल्सा र सिमिकोटमा अलपत्र परेका भारतीय नागरिकलाई ओसार्न थालिएको छ ।
हुम्लामा उडान भर्ने निजी विमान कम्पनीहरुले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै विभिन्न क्षेत्रका प्रतिनिधिहरुले शनिबारदेखि हुम्लामा अनिश्चितकालीन हुम्ला बन्द आह्वान गरेका थिए ।
हुम्ला उद्योग वाणिज्य संघको अगुवाइमा नवनिर्वाचित जनप्रतिनिधि, नागरिक समाज र राजनीतिक दलहरुको संयुक्त आह्वानमा आह्वान गरिएको बन्द सहमतिसँगै अन्त्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्