
मारिनेमा एक जना प्रहरीपनि रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । शुक्रवार (हिजो)को प्रदर्शनका क्रममा मृत्यु भएको छोराको अन्त्येष्टि गर्न आयोजित शव यात्राका क्रममा विष्फोटमा भएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार लडाकहरुले उक्त शव यात्रामा सहभागीलाई लक्षित गरी शृंखलाबद्ध तीनवटा विष्फोट गराएपछि कैयौँ नागरिक घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।
काबुलको कुटनीतिक क्षेत्रमा ९० जना मारिने गरि गराइएको ट्रक बम्ब आक्रमणको विरोधमा निकालिएको प्रदर्शनमा उनको मृत्यु भएपछि आज अन्त्येष्टि गर्न शव यात्रा निकालिएको थियो ।
शनिबार (आज)को शव यात्रामा अफगानिस्तानका कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाहसमेत सहभागी थिए । अब्दुल्लाह भने सुरक्षित रहेको अफगानी गृहमन्त्रालयले जनाएको छ ।
अफगानी अधिकारीहरुले लडाकुबाट थप आक्रमण हुनसक्ने भन्दै मानिसहरुलाई प्रदर्शनबाट टाढा रहन चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्