२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


युएफा च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई


0
Shares

वेल्सको राजधानी कार्डिफमा गएराति भएको फाइनलमा ईटालीको युभेन्टसलाई ४–१ ले हराउँदै स्पेनको रियल मड्रिडले उपाधि जितेको हो । खेलमा रियल मड्रिडलाई विजयी गराउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने क्यासेमिरो र मार्को एसेन्सीयोले एक–एक गोल गरे ।

पराजित टोली युभेन्टसका लागि मारियो मान्डुकिचले एक गोल फर्काए ।

जितसँगै रियाल मड्रिडले लगातार दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । युरोपकै सर्वाधिक सफल टोली रियाल मड्रिडले अहिलेसम्म १२ पटक उपाधि जितेको छ ।

दोस्रो स्थानमा रहेको एसी मिलानले ७ पटक उपाधि जितेको छ ।

फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा यो सिजनको स्पेनिस ला लिगा जितेको रियल मड्रिडले युरोपियन उपाधि पनि थपेको हो ।