२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


अफगानिस्तानमा आन्तरिक आक्रमणमा परी ६ प्रहरी मारिए


0
Shares

कान्दाहार सहरको हाजी अरब क्षेत्रमा रहेको एक प्रहरी चौकीमा यो भीषण आक्रमण भएको हो ।

स्थानीय समयानुसार आइतबार (आज) बिहान प्रहरी चौकीमा निदाइरहेका अवस्थामा सो आक्रमण भएको थियो ।

यस घटनाको अनुसन्धानपछि अधिकारीले यस घटनाको विस्तृत जानकारी दिने बताइएको छ ।

तालिवानको जन्मभूमि रहेको कान्दाहार शहर र यअफगानिस्तानमा बारम्बार हुने गरेको आन्तरिक आक्रमणमा परी सुरक्षा अधिकारीको ज्यान जाने गरेको छ । रासस÷सिन्ह्वा