
सोमबार पाल्पामा भएको क्वार्टरफाइनलमा काठमाडौंले झापालाई २–० ले पराजित गर्यो । मुना तामाङ र प्रीति राईले काठमाडौंलाई गोल दिलाए ।
त्यस्तै, ताप्लेजुङले अनुष्का शेर्पाको गोलको मद्दतले कैलालीलाई १–० ले हरायो ।
सोमबारै स्याङ्जामा भएको खेलमा रौतहटले सर्लाहीलाई २–० ले हरायो । रौतहटका लागि दुबै गोल रश्मीकुमारी घिसिङले गरिन् ।
त्यसैगरी, मोरङले नवलपरासीलाई ४–१ ले हराएर अन्तिम चारमा ठाउँ बनायो । मोरङका लागि सरु लिम्बूले ह्याट्रिक गरिन् ।
प्रतिक्रिया दिनुहोस्