
म्यानमारको मुख्य सैनिक हवाई अड्डाकाअनुसार बुधबार मएक सहरको दक्षिण भाग र यांगुनको बीच भागबाट सम्पर्कविहीन भएको उक्त विमानको केहि टुक्रा दवेइ सहरबाट २१८ किलोमिटर टाढा समुद्रमा फेलापरेको छ ।
मएक पर्यटन कार्यालयका अधिकारी नायंग लिन झवले जल सैनिकहरुले समुद्रमा खसेको उक्त विमानको भग्नावशेषहरु खोजिरहेको बताए ।
मुख्य कमान्डर इन चिफको कार्यालयले स्थानीय समयअनुसार बुधबार दिउँसो १ः३५ बजे उक्त सैनिक विमान दवेइ सहरबाट २० माइल्स पश्चिम पुगेपछि अचानक सम्पर्कविच्छेद भएको जनाइएको थियो ।
विमानमा सैनिकका आफन्त तथा एक दर्जनभन्दा बढी बालबालिकाहरु सवार रहेको बताइएको छ । मनसुनको समयमा आएको खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
म्यानमारको हवाई अड्डाले उक्त हराइरहेको विमानमा १०५ जना यात्री र ११ जना चालकदलका सदस्य रहेको बताएपनि विमानमा कति जना सवार थिए भन्ने कुरा यकिन हुन नसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘एएफपी’ले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्