३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण


0
Shares

बिहीबार बिहानै उत्तर कोरियाले एकै पटक चारवटा क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । छोटो दुरीका ती क्षेप्यास्त्र दक्षिण कोरियालाई निशाना बनाउने क्षमताको रहेको संचारमाध्यमहरुको भनाइ छ ।

अमेरिकी रक्षा अधिकारीले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण गरिएको पुष्टि गरेका छन् । ती अधिकारीका अनुसार गांगवोन प्रान्तको तटीक्ष क्षेत्र वोनसनबाट चारवटा क्षेप्यास्त्र परीक्षण गरिएको हो । ती क्षेप्यास्त्र करिब एक सय २४ माइलको दुरीमा खसेको जनाइएको छ ।

पाँच साताभन्दा कम अवधिमा उत्तर कोरियाले चौथो पटक क्षेप्यास्त्र परीक्षण गरेको हो । (एजेन्सी)