२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


फ्रेन्च ओपन उपाधिका लागि नाडाल र वावरिन्का भिड्ने


0
Shares

वावरिन्काले विश्व नम्बर एक एण्डी मुर्रेलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेका हुन् । ब्रिटेनका मुर्रेलाई स्वीस वावरिन्काले ६–७, ६–३, ५–७, ७–६ र ६–१ को सेटमा हराएका हुन् ।

फ्रेन्च ओपनका पूर्व विजेता वावरिन्काले अब उपाधिका लागि चौथो वरियताका राफेल नाडालसँग आइतबार खेल्ने छन् । स्पेनिस स्टार नाडालले सेमिफाइनलमा सातौं वरियताका अस्ट्रियन डोमिनिक थिएमलाई ६–३, ६–४ र ६–० को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेका हुन् ।