विश्वकप छनोटः इटालीको शानदार जित « Image Khabar


विश्वकप छनोटः इटालीको शानदार जित


Imagekhabar
२९ जेष्ठ २०७४, सोमबार ०७:२६

समूह ‘जी’अन्तर्गत् आइतबार राति भएको खेलमा स्पेनले मेसेडोनियालाई २–१ ले हरायो । स्पेनका लागि डेभिड सिल्भा र डिएगो कोस्टाले एक–एक गोल गरे ।

यही समूहको अर्को खेलमा इटालीले लिचेस्टाइनलाई ५–० ले पराजित गर्दा इजरायलले अल्बानियालाई ३–० ले पाखा लगायो ।

यी खेलहरुपछि समूहको शीर्ष स्थानमा रहेका इटाली र स्पेनले समान ६ खेलबाट १६ अंक जोडेका छन् ।

विश्वकप छनोटअन्तर्गत् आइतबार राति भएको समूह ‘डी’का तीनओटै खेल बराबरीमा टुंगिएका छन् ।

सर्बिया र वेल्सले १–१ गोलको बराबरी खेल्दा मल्दोभा र जर्जियाले २–२ गोलको तथा आयरल्यान्ड र अष्ट्रियाले १–१ गोलको बराबरी खेलेका छन् ।

विश्वकप छनोटअन्तर्गत् समूह ‘आइ’का खेलहरुमा टर्कीले कोसोभोलाई ४–१ ले हराउँदा आइसल्यान्डले क्रोएसियालाई १–० ले तथा युक्रेनले फिनल्यान्डलाई २–१ ले हराएका छन् ।

प्रतिक्रिया दिनुहोस्