२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा, श्रीलंकाको यात्रामा पूर्णविराम


0
Shares

इंग्लण्डमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको समुहको अन्तिम खेलमा पाकिस्तान ३ विकेटले विजयी भयो ।

खेलमा पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपुर्व २ सय ३६ रन जोड्यो ।

श्रीलंकाको लागि निरोशान डिकेलाले ७३ रन जोड्दा कप्तान एन्जेलो म्याथ्युजले ३९ रनको योगदान दिए । बलिङतर्फ पाकिस्तानका जुनेद खान र हसन अलीले ३/३ विकेट लिए ।

जवाफमा २ सय ३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५ औं ओभरमा ७ विकेट गुमाएर विजय लक्ष्य पार ग¥यो ।

पाकिस्तानको जितमा नायक बनेका शरफराज अहमदले अविजित ६१ रन जोड्दा फाखर जमानले ५० रनको योगदान दिए ।

जितसँगै पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंकाको यात्रामा पूर्णविराम लागेको छ ।

पाकिस्तानले अब सेमिफाइनलमा घरेलु टोली इंग्लण्डको सामना गर्नेछ । प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा भारत र बंगलादेश भिड्नेछन् ।