
प्रतियोगिताको पहिलो खेलमा फिलिपिन्ससँग उसकै मैदानमा ४-१ ले पराजित भएको नेपालले घरेलु मैदानमा कम्तिमा नहार्ने लक्ष्य लिएको छ ।
नेपालभन्दा बलियो टोली यमनसँगको खेल सशस्त्र प्रहरी बलको खेल मैदान हलचोकमा दिउँसो ३ बजे सुरु हुनेछ ।
जारी एसियन कप छनोटमा नेपाल पहिलो जितको खोजीमा छ । यमनले भने पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको थियो ।
बिश्व फुटबल महासंघ फिफाको बरियता क्रममा नेपाल १६९ औं स्थानमा रहँदा यमन १२४ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्