३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


पनामाद्वारा ताइवानसँगको सम्बन्ध तोड्दै चीनसँग सम्बन्ध स्थापित


0
Shares

पनामाले एक चीन नीतिलाई मान्यता दिँदै चीनसँग सम्बन्ध स्थापित गरेको हो ।

ताइवानको विदेश मन्त्रालयले भने विज्ञप्तिमार्फत् पनामाको कदमप्रति आक्रोश र खेद जनाएको छ ।

चीनले ताइवानलाई आफूबाट अलग भएको प्रान्त मान्दै आएको छ । ताइवानसँग अहिले २० ओटा मुलुककोमात्र कूटनीतिक सम्बन्ध रहेको छ ।

पछिल्ला वर्षहरुमा चीनले मध्य अमेरिकी मुलुकहरुमा लगानी बढाउँदै आएको छ ।

मध्य अमेरिकी मुलुकमै पनामा नहर पर्छ । जसलाई विश्व व्यापारका लागि महत्वपूर्ण मानिन्छ । (एजेन्सी)