
मध्यान्तरअघि र मध्यान्तरपछि गरी नेपालले गोल गर्ने आधादर्जन अवसर खेरफालेको थियो ।
यमनका केही प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले विफल पारेका थिए । किरण ‘म्यान अफ द म्याच’ घोषित भए ।
फिफा वरीयतामा नेपालभन्दा बलियो टोली भएपनि यमनले मंगलबार सशसत्र प्रहरी बलको मैदान हलचोकमा खासै राम्रो प्रदर्शन गर्न सकेन । नेपाल यसअघि यमनसँग पराजित हुँदै आएकाले पनि बराबरी गर्नुलाई राम्रै मानिएको छ ।
फिफा वरीयतामा यमन १२४औं तथा नेपाल १६९औं स्थानमा छ । यसअघि भने नेपालले कम्तीमा नहार्ने रणनीति लिएर खेल्ने बताएको थियो ।
खेल बराबरीमा सकिए पनि नेपाली खेलाडीले यसअघिका गल्ती–कमजोरी भने हटाउन सकेनन् ।
खेलपछि नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले आफूभन्दा बलियो टोलीसँग अंक खोस्नु राम्रो भएको भन्दै टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए ।
यमनका प्रशिक्षक अब्राहाम मेब्रातुले पनि टोलीको प्रदर्शनप्रति सन्तोष व्यक्त गरेका छन् । उनले आफूहरु अंक लिन नेपाल आएकाले १ अंक लिएर फर्कंदा दुःखी नहुने बताए ।
छनोट चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को हार बेहोरेको थियो भने यमनले ताजकिस्तानलाई २–१ ले हराएको थियो ।
अब नेपालले ताजिकस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्