
महेश काफ्ले (इमेज)
बैंकक, असार १९ । नेपाली बक्सर तेजबहादुर देउवा थाइल्यान्ड ओपन अन्तर्रास्ट्रिय बक्सिङ प्रतियोगिताको तेस्रो चरणबाट बाहिरिएका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा मंगलबार भएको खेलमा देउवालाई इन्डोनेसियाका मारियो ब्लासिएसले अंकको आधारमा पराजित गरे ।
पहिलो चरणमा ‘बाई’ पाएका देउवाले दोस्रो चरणमा लाओसका खेलाडीलाई पराजित गरेका थिए ।
देउवा बाहिरिएसँगै प्रतियोगितामा सबै नेपाली खेलाडीको चुनौती सकिएको छ ।
थाइल्यान्ड बक्सिङ संघले आयोजना गरेको प्रतियोगितामा ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
४९ केजीमुनिको तौल समूहमा तेजबहादुर देउवा र ५६ केजीमुनि तौल समूहमा बिमल रोकाले पहिलो चरण पार गर्दा अरु खेलाडी पहिलो चरणबाटै बाहिरिए ।
आसन्न एसियन गेम्सका लागि करिब डेढ महिना थाइल्यान्डमा तयारी गरेर नेपाली बक्सिङ टोली सीधै १८औं एसियन गेम्स खेल्न इन्डोनेसिया जानेछ ।
प्रतिक्रिया दिनुहोस्