काठमाडाैं । इंग्ल्यान्ड सह-आयोजक देश मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मेक्सिकोको घरेलु मैदान अज्टेका रंगशालामा साेमबार बिहान भएको खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरेका हुन् । मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरेका थिए। इंग्ल्यान्डले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा दुवैले थप १–१ गोल गरेका हुन् । ५४औँ मिनेटमा जारेल क्वान्साह रातो कार्ड खाएर बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित थियो । घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको हाे । यसअघि अर्को आयोजक टोली क्यानाडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ ।
खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला शुरु भएको थियो । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेकाे सामना गर्ने भएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्