
अध्यागमन प्रणालीको स्तरोन्नति गर्दै आतंकवादीको आवागमन नियन्त्रण गर्न नेपाल र अमेरिकाबीचको ‘जी टु जी’ कार्यक्रम अन्तर्गत ‘पाइसेज’ नामको सफ्टवेयर प्रणाली लागू हुन लागेको हो ।
पाइसेजको मुख्य उद्देश्य आतंककारीको आवागमन रोक्नु र शंकास्पद सूचीमा रहेकामाथि निगरानी गर्नु हो ।
सफ्टवेयर प्रयोगमा आएपछि सबै सूचनामा आफ्नो पहुँच हुनुपर्ने अमेरिकी दूतावासको प्रस्तावलाई गृहमन्त्रालयले अस्वीकार गरेको छ । आतंककारी क्रियाकलापमा संलग्न भएका र आतंकवादी भनि आशंका गरिएका व्यक्तिकोमात्र सूचना अमेरिकासँग आदानप्रदान गरिने गृहस्रोतले जनायो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्