
वेल्सको राजधानी कार्डीफमा बुधबार राती भएको पहिलो सेमिफाइनलमा पाकिस्तान ८ विकेटले विजयी भयो ।
टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले खेलमा एक बल बाँकी छँदा अलआउट हुनुपुर्व २ सय ११ रन बनायो ।
उसका लागि जो रुटले ४६ रन तथा जोनी बेयरस्टोले ४३ रनको योगदान दिए ।
कसिलो बलिङ गरेको पाकिस्तानका हसन अलीले ३ तथा जुनेद खान र रुमन रईसले २/२ विकेट लिए ।
जवाफमा २ सय १२ रनको चुनौती पाकिस्तानले ३८ औं ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानका लागि सुरुवाती ब्याट्सम्यानहरु अझर अलीले ७६ रन तथा फाखर जमानले ५७ रनको योगदान दिए ।
यसैगरी बाबर आजम ३८ रनमा तथा मोहोमद हफिज ३१ रनमा अविजित रहे ।
जितसँगै पाकिस्तानले हजारौं बेलायती समर्थकलाई उनीहरुकै मैदानमा स्तब्ध पार्दै फाईनलमा ठाउँ सुरक्षित ग¥यो ।
उपाधिका लागि अब पाकिस्तानले भारत वा बंगलादेशमध्ये आज हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्