२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा : उत्तर कोरिया


0
Shares

उत्तर कोरियाले आफ्नो थुनामा रहेका एकजना अमेरिकी विद्यार्थीलाई गत मंगलबार रिहा गरेको थियो । उनलाई देशको श्रम शिविरमा राखिएको थियो ।

ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशका विरुद्धमा गुप्तचरको काम गरेको भन्दै पक्राउगरी थुनामा राखेको थियो ।

करिब १५ वर्षको श्रम शिविरको सजाय सुनाई शिविरमा जबर्जस्ती काममा लगाइएका उनी बिरामी परेका थिए । गम्भीर रुपमा बिरामी परेका उनलाई केही महिनादेखि अस्पतालको कोमामा राखिएको थियो ।

बिरामी परेका उनलाई कोमामा भर्ना गरिएदेखि नै अमेरिकाले रिहाइको माग गरेको थियो । उनको रिहाइका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सरकारलाई बारम्बार आग्रह गरेका थिए ।

उनले आफ्ना नागरिकलाई रिहागरी आवश्यक वार्ताका लागि वासिङ्टन आउनसमेत चेतावानी दिएका थिए । त्यसपछि, उत्तर कोरियाले ती विद्यार्थीको रिहाइको प्रक्रिया सुरु गरेको बताइन्छ ।

उत्तर कोरियाली विद्यार्थीको रिहाई मानवीयताको आधारमा भएको जानकारी कोरियाली सरकारले दिएको हो । अमेरिकाको भर्जिनिया विश्वविद्यालयका ती विद्यार्थीले कोरियाली थुनामा एक वर्षभन्दा बढी समय बिताउनुपरेको थियो ।

उत्तर कोरियाको एक होटलमा बसेका उनले सोही होटलबाट राजनीतिक पर्चा चोरी गरेकोजस्तो सामान्य आरोप उत्तर कोरियाली प्रहरीले लगाएको थियो ।

बुधबार (हिजो) अमेरिकाको ओहायोस्थित आफ्नो घर पुगेका ती विद्यार्थीका परिवारले उत्तर कोरियाली प्रहरीले निर्ममतापूर्वक पिटेको जनाएको छ । उनको शरीरभरि पिटाइका कारण निलडामहरु रहेकोपनि परिवारले जनाएको छ ।

उत्तर कोरियाको एक अदालतलाई उद्धृत गर्दै सरकारी समाचार समितिले भनेको छ– ‘हाम्रो थुनामा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले मानवीयताको अधारमा रिहा गरेको छ ।’ रासस÷एएफपी