१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


आन्दोलन चर्काउन मधेसी नेता पश्चिमतिर


0
Shares

२ नम्बर प्रदेशको निर्वाचन एकतर्फी रुपमा सारेको र ५ नम्बर प्रदेशमा निर्वाचन गराउन लागेको भन्दै राजपासहित संघीय गठबन्धन ५ नम्बरमा केन्द्रित भएर आन्दोदन चर्काउने निर्णय गरेको छ ।

त्यसका लागि राजपा अध्यक्ष मण्डलका नेताहरु शनिबार पश्चिमका जिल्लाहरुमा जाने भएका छन् ।

यसअघि घोषित आन्दोलनका कार्यक्रमलाई यथावत राख्दै राजपाले मनोनयन दर्तालाई विथोल्न आइतबार पनि आमहड्तालको घोषणा गरेको छ ।

थप कार्यक्रम अनुसार शनिबार झापादेखि पश्चिमको कञ्चनपुरसम्म मशाल जुलुल प्रदर्शन गरिने राजपाका नेता अनिल झाले बताए ।
-नेपाल समाचारपत्र दैनिकबाट