
लन्डन प्रहरीका कमाण्डार स्टुअर्ट कण्डीले हराएकाहरु जीवित भेटिने सम्भावना कम रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताए ।
घटनामा ३० जनाको ज्यान गएको यसअघि नै पुष्टि भएको छ । ज्यान गुमाउनेको संख्या ८० भन्दा बढी हुन सक्ने अनुमान प्रहरीको छ ।
आगलागीका कारण क्षतिग्रस्त भएको ग्रेनफेल टावरमा खोजी तथा उद्धारको काम भइरहेको र अझै एक हप्तासम्म लाग्ने बताइएको छ ।
यसैबीच बेलायती प्रधानमन्त्री टिरेजा मेले आगलागीको सुरुवाति चरणमा पीडितलाई सरकारको तर्फबाट पर्याप्त सहयोग गर्न नसकिएको स्वीकार गरेकी छन् ।
स्वयम्सेवकसँगको भेटवार्तापछि प्रधानमन्त्री मे ले वक्तव्य जारी गरेर सुरुवाति चरणमा सरकारको तर्फबाट केही कमजोरी भएको स्वीकार गरेकी हुन् ।
आगलागीका कारण ग्रेनफेल टावरमा बस्दै आएका मानिस घरबारबिहीन भएका छन् । १ सय २७ फ्ल्याट रहेको २४ तले टावरमा आगलागी भएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्