
एक हप्तासम्म लगातार बमबारी गरेको सिरियाली सरकारले यो युद्धविराम ४८ घण्टासम्म कायम रहने जनाएको छ । सिरियाली सरकारले गरेको युद्धविरामलाई अमेरिकाले स्वागत गरेको छ ।
उता सिरियाका लागि संयुक्त राष्ट्र संघका दूत स्टेफान डे मिस्टुराले सिरिया र युद्धमा सामेल अन्य देशबीच फेरि शान्ति वार्ता शुरु हुनसक्ने बताएका छन् । उनले आगामी जुलाई १० मा शान्ति वार्ता सुरु गर्न चाहेको बताएका हुन् ।
यसअघि गतवर्ष सिरिया शान्तिवार्ताका लागि संयुक्त राष्ट्र संघका अधिकारी, बसर–अल–असद नेतृत्वको सिरियाली सरकार र विद्रोही समूहका प्रतिनिधिबीच निकै बैठक भएका थिए ।
तर ती बैठकमा सिरिया संकट समाधान गर्न कुनै ठोस सहमति भएको थिएन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्