Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


युवती प्रयोग गरी अपहृत व्यापारीको २२ दिनपछि शव फेला


0
Shares

जेठ २६ गते बेलुका युवती प्रयोग भई पैसा असुल्न अपहरणकारीले अपहरण गरेको र अपहरणमा आपराधिक गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ ।

अपहरण तथा हत्यामा १० जना प्रत्यक्ष र ८ जना अप्रत्यक्ष रूपमा संलग्न रहेको प्रहरीले बताएको छ । संलग्न सबै आपराधिक गतिविधिका रहेका र घटनाका योजनाकार भारतमा रहेको प्रहरी अनुसन्धानमा खुलेको राप्ती अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहले जानकारी दिए । उनले मुख्य योजनाकार चार जना भारतमा रहेको बताए ।

प्रहरीको क्रियाशीलता र अनुसन्धानले घटना विवरण पत्ता लगाएको र संलग्न कास्की, धादिङमा समेत रहेको प्रहरीले बताएको छ । अनुसन्धानमा सबै कुरा पत्ता लागे पनि २९ गते नै श्रेष्ठको हत्या गरेकाले बचाउन नसकिएको उनले बताए ।

‘तीन दिन जंगलमा केही खाना नदिएर हिँडाएको र हिँड्न नसकेपछि श्रेष्ठको हत्या गरी खोल्सामा लुकाएको पायौुं,’ शाहले भने, ‘बीभत्स तरिकाले हत्या गरी भारत गई योजनाकारले फिरौती मागेका छन् ।’

‘श्रेष्ठको परिवारसँग भारतीय नम्बरबाट फोन गरी तीन करोड रुपैयाँ फिरौती मागिएको रहेछ,’ प्रमुख शाहले भने, ‘घरबाट श्रेष्ठसँग दोहोरो कुरा गर्ने भने पनि अपहरणकारी पछि सम्पर्कमा आएनन् ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट