Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


१६ बर्षकै उमेरमा विवाह, २० बर्ष नपुग्दै बन्ध्याकरण


0
Shares

२० बर्ष नपुग्दै दुई छोराकी आमा बनेकी उनलाई अब थप सन्तानको रहर छैन् । त्यसैले उनले एक महिनाअघि नेपालगन्ज पुगेर स्थायी बन्ध्याकरण(परिवार नियोजन) गराइन ।

उमेर नपुग्दै सन्तानको रहर पूरा भएका उनी मात्र एक्ली होइनन् । ढकारी गाउँपालिका–१ की भावना जैसीले पनि २२ बर्षको उमेरमै बन्ध्याकरण गराइन् ।

स्कुल पढ्दा पढ्दै भागेर विवाह गरेकी उनको १६ बर्षको उमेरमै गर्भ रहयो । अहिले उनका दुई छोरा छन् ।

ढकारीकै २३ बर्षीया निर्मला जैसी पनि उनीसँगै बन्ध्याकरण गराउन अस्पताल आएकी थिइन् । ७ कक्षामा पढ्दा पढदै कलिलो उमेरमै उनको विवाह भएको थियो ।

‘घरकाले सानैमा विवाह गरिदिए,’ जैसीले भनिन् ‘विवाह गरेको अर्को बर्ष छोरा जन्मियो, सन्तानको रहर पूरा भएपछि अब नजन्माउने सोचले बनध्याकरण गरेकी हुँ ।’

जिल्लामा गत साउनयता उनीहरुकै उमेर समूहका अन्य २१ महिलाले मिनिल्याप गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख छ ।

११ महिनको अवधीमा अस्पताल पुगेर परिवार नियोजन गराउनेको संख्या जम्मा २ सय ३३ छ । -राजधानी दैनिकबाट