महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५०२ नम्बरको बस र विपरिततर्फबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको ट्रक खटौटी पुलनजिक जुध्दा दुर्घटना भएको हो ।
गम्भीर घाइते ३ जनालाई उपचारको लागि काठमाडौं लगिएको र अन्यको मलेखु सामुदायिक अस्पताल र गजुरीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीषक बरुणबहादुर सिंहले जानकारी दिए ।
यसैबीच, कञ्चनपुरको दैजि–बेल्डाँडि सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
बेल्डाँडीबाट महेन्द्रनगरतर्फ गइरहेको से १ त १३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ नहरमा खस्दा बेदकोट नगरपालिका–८ का १२ बर्षिय दिपेश खड्काको मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्