Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


रामेछापमा बाढीमा परेर दुईजनाको मृत्यु, तीन बेपत्ता, पाँचजना घाइते


0
Shares

मृत्यु हुनेमा स्थानीय बालकुमारी खत्री र बाबुदेव कार्की छन् ।

यस्तै, बेपत्ता हुनेमा स्थानीय सोमनकुमारी खत्री, अशोक तामाङ र उनकी १२ वर्षीया छोरी मनिला छन् । बाढीमा परी अरु पाँचजना घाइते भएका छन् ।

शनिबार राति भारी वर्षासँगै खोलामा बाढी आउँदा खोलाकिनारमा रहेका घरहरु बगाएको हो । बाढीले स्थानीयको खेतबारी र वस्तुभाउसमेत बगाएको छ ।

खोलाकिनारमा पाल हालेर मजदुरहरुसमेत रहेकाले उनीहरुलाईसमेत बगाएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

सोही खोलाको बाढीले सवारी चल्ने पक्कीपुलसमेत बगाउँदा रामेछाप सदरमुकामसँग उत्तरी भेगको सम्पर्क टुटेको छ ।

उद्धारका लागि इलाका प्रहरी कार्यालय खिम्तीको टोली घटनास्थल पुगेको छ । घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरको दूरीमा छ ।