समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले सुनुवाइपछि पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध कुनै उजुरी परेको थिएन ।
समितिमा २९ ओटा कार्ययोजना पेस गर्दै पराजुलीले ‘मुस्कानसहितको सेवा’ सुरु गर्ने बताए । मुद्दा ढिलो छिनाफानो गर्ने प्रवृत्ति अन्त्य गरिने प्रतिबद्धता पनि उनले जनाए ।
आफ्नो कार्यकालमा न्यायालयप्रति कुनै गुनासो आउन नदिने प्रतिबद्धता उनको थियो ।
यसैगरी, उनले न्यायालयले कार्यपालिका र व्यवस्थापिकामा कुनै हस्तक्षेप नगर्ने वचन दिए ।
समितिका सदस्यहरुले चितवन, भरतपुर महानगरपालिकाको मतगणनाको विवाद छिट्टै अन्त्य गर्न पराजुलीलाई आग्रह गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्