जस अनुसार अब काठमाडौंमा लामो दूरीका सवारी साधनहरुको गन्तब्य स्थल गोंगबु बसपार्क मात्रै तय गरिएको छ ।
बढ्दो शहरीकरण, साघुंरा सडक र अनियन्त्रीत रुपले बढदै गएका सवारी साधनका कारण काठमाडौको ट्राफिक व्यवस्थापन अस्तव्स्त त बनेको छ ।
त्यसमाथि लामो दुरीका सार्वजनिक यात्रुवाहक सवारी साधनले जथाभावी पार्किङ गर्ने र जहाँ मन लाग्यो त्यहाँ यात्रु चढाउने र ओराल्ने गर्दा ट्राफिक जामको समस्या झनै थपिने गरेको छ ।
काठमाडौं ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन महानगरिय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागले आजबाट चक्रपथभित्र लामो दुरीका सार्वजनिक यात्रुवहाक बस चलाउन रोक लगाएको छ ।
ट्राफिक प्रहरीका प्रवक्ता लोकेन्द्र बहादुर मल्लले लामो दूरीका बसहरु गंगवु बसपार्कबाट छुट्नुपर्ने र बसपार्क बाहेक अन्यत्र कहीं पनि रोक्न तथा यात्रु चढाउन र ओराल्न नपाइने बताए ।
ट्राफिक प्रहरीले यो नियम आजैदेखि लागू भएको भन्दै नियम विपरित गर्ने लाई ५ सय देखि ५ हजारसम्म जरिवाना गर्ने पनि बताएको छ ।
यातायात ब्यावसयाीहरु पनि नयाँ नियमप्रति सकारात्मक नै देखिएका छन् ।
नेपाल यातायात व्यवस्था राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आपूmहरु ट्राफिक व्यवस्थापनमा सहयोग गर्न तयार रहेको बताउँछन् ।
पछिल्लो समय सरकारले ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन धेरै अभियानहरु संचालन गरेको छ । धेरै जसो अभियानहरु सफल पनि भएका छन् ।










प्रतिक्रिया दिनुहोस्