साउनको पहिलो सोमबार भएकाले महिलाहरु बिहानै नुहाईधुवाई गरी चोखोनीतो भएर भगवान शिवको पूजा आराधना गरी सन्तानेश्वर मन्दिरमा पुगेर पूजा आराधना गरेका छन् ।
सन्तान नहुने महिलाले सन्तान प्राप्ति र आफ्नो परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्दछन् ।
कपिलवस्तुको तौलिहवास्थित तौलेश्वर महादेव मन्दिरमा पनि आज विहानैदेखि जल चढाउने दर्शनार्थीको घुइँचो लागेको छ ।
यस क्षेत्रका हिन्दु धर्मावलम्वीले श्रावणी मेलाको रुपमा मनाउने साउन महिनामा तौलेश्वर महादेव मन्दिरमा जल चढाउने गर्दछन् ।
१८७२ सालमा स्थापित तौलेश्वर महादेवको मन्दिर हिन्दु धर्मावलम्वीहरुको ठूलो आस्थाको केन्द्रको रुपमा विकसित हुँदै आएको छ ।
यो मन्दिरमा रहेको शिवलिंग नेपालकै सबैभन्दा ठूलो शिवलिंग मानिन्छ ।
यो मन्दिरमा कपिलवस्तु, रुपन्देही, दाङ, अर्घाखाँचीलगायतका जिल्लाका धर्मावलम्बीसमेत साउनको सोमबार पुगेर जल चढाउने र पूजाआजा गर्ने गर्दछन् ।










प्रतिक्रिया दिनुहोस्