राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाई विशेष समितिले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेसँगै राष्ट्रपति भण्डारीले सपथ गराएकी हुन् ।
सपथपछि पराजुलीले आजै सर्वोच्च अदालतमा पुगेर पद वहाली गर्नेछन् ।
संसदीय सुनुवाईका क्रममा पराजुलीले आइतबार न्याय क्षेत्र सुधारका लागि ३९ बुँदे कार्यायोजना प्रस्तुत गर्दै न्यायालयलाई निष्पक्ष र छिटो कार्य सम्पादन गर्ने थलोका रुपमा विकास गर्ने बताएका थिए ।
सुरुमा कानुन ब्यवसायी रहेका पराजुली २०४७ सालमा पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रुपमा न्याय सेवामा प्रवेश गरेका हुन् ।
उनले आगामी वैशाख १५ गते प्रधानन्यायाधीशबाट अवकास पाउनेछन् ।










प्रतिक्रिया दिनुहोस्