केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समितिले गरेको बोलबम कार्यक्रममा केदारेश्वर मन्दिर र विन्दबासीनी मन्दिरमा भक्तजनको ठूलो लागेको छ ।
बगरस्थित शुक्लागण्डकी गाईघाटबाट पवित्र जल उठाई, बाजा गाजा र झाँकीका साथ पोखरा नगर परिक्रमा गरेर भक्तजनले बैदामस्थित केदारेश्वर र विन्दवासिनी मन्दिरको ज्योतिर्लिङमा जल चढाएका छन् ।
उनीहरुले गाइघाटमा १०८ धारा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकीसहित ८ किलोमिटर पैदलयात्रा गरी केदारेश्वर मन्दिरको १०८ शिवलिंगमा जलार्पण गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्