Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


धादिङ बजार क्षेत्रमा सडक भासियो, दर्जनौं घर जोखिममा


0
Shares

आइतबार रातिदेखि परेका वर्षाले बजार क्षेत्रको सडक चिराचिरा पारेको छ । त्यहिँबाट पानीभित्र पसेपछि मुख्य बजारका धेरै घर जोखिममा परेको स्थानीयले बताएका छन् ।

बजार क्षेत्रका केही भागमा कमेरो माटो भएका कारण अझै बग्न सक्ने सम्भावना रहेको पनि स्थानीयले बताएका छन् ।

ठाउँठाउँमा पहिरो गएपछि धादिङ सदरमुकाम क्षेत्रको खानेपानी आपूर्तिसमेत बन्द भएको छ ।