समितिले बहुमूल्य धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि सुर्खेत, धादिङ र डोटीमा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्रको स्थापना गरेको हो ।
सुर्खेतमा विसं २०६५ मा विकास केन्द्र स्थापना भएको हो भने धादिङ र डोटीमा गत वर्षमात्र प्रशोधन केन्द्र स्थापना भएको थियो ।
समितिले बहुमूल्य धातु बढी पाइने स्थानको पहिचान गरी उक्त क्षेत्रमा प्रशोधन केन्द्रको स्थापना गरेको हो ।
विश्वमा पाइने ८०० धातुमध्ये नेपालमा आठ प्रकारका धातु पाइन्छन् ।
काइनाइट, टुर्मालिन, क्वार्ज, एक्वामेरिन, गार्नेट, डेब्युराइट, हेम्बरराइट नेपालमा पाइने धातुहरु हुन् ।
समितिका उपकार्यकारी निर्देशक विनोददेव पन्त रत्न, पत्थर धेरै पाइने स्थानको पहिचान गरी प्रशोधन केन्द्र स्थापना गरेको बताउँछन् ।
उनी भन्छन्, “सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, धादिङ, नुवाकोट जिल्ला धेरै रत्नपत्थर पाइने जिल्लाहरु हुन् त्यहाँको क्षेत्रलाई हेरेर प्रशोधन केन्द्र स्थापना गरेका हौं ।”
समितिले रत्न पत्थर कटिङ, पोलिसिङ तथा ड्रिलिङका वर्षेनी सयौँ युवालाई तालीमसमेत दिँदै आएको छ ।
समितिले प्रशोधन केन्द्र स्थापना भएपछि गत वर्षसम्म ७४९ जनालाई सीपमूलक तालीम प्रदान गरेको थियो ।
आव २०७३÷७४ मा कालीकोट, सुर्खेत, धादिङ र कालीकोट जिल्लामा १९१ जना युवालाई सीपमूलक तालीम प्रदान गरेको छ । समितिले सीप विकास तालीम तीन महिनासम्म दिने गर्छ ।
खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झा नेपालको हिमाली क्षेत्र रत्न पत्थरका लागि उत्कृष्ट क्षेत्र रहेको बताउँछन् ।
भन्छन्, “विभागले सम्भावित ठाउँको अन्वेषण गरी उत्खननका लागि निजी क्षेत्रलाई दिने गरेको छ ।”
सुर्खेत, दैलेख, कालीकोट, लमजुङ, गोरखा, धादिङ, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा रत्न तथा पत्थर रहेका सम्भावित जिल्लामा पर्छन् । रासस










प्रतिक्रिया दिनुहोस्