सर्वोच्च अदालतमा सोमबार प्रधानन्यायाधीशको पदबहाली गर्दै उनले संविधान र कानुनले दिएको अधिकार र दायित्व स्वच्छ र निष्पक्ष ढंगले बहन गर्ने बताए ।
न्यायालयप्रति जनताको निकै गुनासा रहेको स्वीकार्दै प्रधानन्यायाधीश पराजुलीले ढिलो न्याय दिनु अन्याय नै भएकाले न्याय सम्पादन छिटो–छरितो गर्ने व्यवस्था मिलाइने बताए ।
उनले सर्वोच्च अदालतसहित सबै न्यायिक प्रणालीलाई आधुनिकीकरण गरिने र न्यायालयमा प्रविधिको उच्चतम् प्रयोग गरिने बताए ।
न्यायाधीशदेखि न्यायालयका कर्मचारीसमेतको आचारसंहिता र अनुशासन पालनामा विशेष ध्यान दिइने उनले बताए ।
न्यायालय सुधारलगायतको क्षेत्रमा गर्न सकिने विषयमा आफूले ३९ बुँदे अवधारणा सार्वजनिक गरिसकेकाले सोही अवधारणालाई ध्यान दिएर काम गर्ने उनले प्रस्ट गरे ।
यसअघि, सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ दिलाएकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्