Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


विकासको गतिमा पछि पर्‍यो विराटनगर, मुख्य सडकहरुकै विजोग(भिडियो)


0
Shares

-ध्रुव भट्टराई/ ईमेज

कमजोर भौतिक पूर्वाधारका कारण महानगरबासीले सास्ती बेहोर्नुपरेको छ । महानगरको पूर्वाधार विकासको जिम्मेवारी नवनिर्वाचित जनप्रतिनिधिको काँधमा आएको छ ।

विराटनगर महानगरपालिकाको मुख्य सडक क्षेत्रको दुरावस्थाका कारण नगरवासीले लामो समयदेखि निकै कष्ट भोग्दै आएका छन ।

विराटनगरको वरगाछी दक्षिण र रानी उत्तरको करिव १२ किलो मिटर क्षेत्रको यात्रा स्थानीयको लागि सहिनसक्नुको यात्रा वन्ने गरेको छ ।

त्यसमा पनि वजार क्षेत्र भित्र पर्ने करिव ५ किलो मिटर सडकको अवस्थाका कारण यात्रुहरु वढी प्रताडित हुने गरेका छन ।

वरगाछीदेखि रोडशेष चोक मुख्यतय वजार क्षेत्रमा पर्दछ यी क्षेत्र भित्र पर्ने मुख्य सडक क्षेत्रमा जताततै खाल्टा खुल्टी, ढलको व्यवस्थान नहुनु, धुँवा धुलो, समान्य पानी पर्दा मुख्य सडक क्षेत्र हिल्याम्मे हुने यहाँको मुख्य समस्या छ ।

यो क्षेत्रको विगत १५ महिनादेखि सडक निर्माणको काम सुरु गरिएको भएपनि अहिलेपनि सडकको दुरअवस्था उस्तै देखिन्छ ।

वरगाछीदेखि रोडक्षेत्र चोकसम्मको मुख्य सडक आसपास व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरु घाम लागेको समयमा सडकबाट निस्कने धुवां, धुलो र समान्य पानी पर्दा हिल्याम्मे भएर आफ्नो पसलसम्म आईपुग्ने पानीका कारण हैरानी हुने गरेको बताउँछन् ।

विगत लामो समयदेखि सडक संरचना अस्तव्यस्त बनेपछि अहिले सडकमा यात्रा गर्न समेत निकै जोखिम हुने गरेको सवारी चालकहरुको अनुभव छ ।

बिराटनगरभन्दा पछि बनेका शहरहरुमा बिकासको गति तीव्र रहँदा विराटनगर भने पछि परिरहेको छ । यद्यपी, भर्खरै मात्र स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएका छन् ।

नगरभित्रैका अनेकौं समस्या समाधान गर्दै समृद्ध नगर वनाउने जिम्मेवारी अव जनप्रतिधिहरुको काधमा आएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरुले नगर क्षेत्रका अनेकौं समस्या समाधान गर्नेमा नगरबासी पनि विश्वस्त देखिन्छन ।