Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


यातायात व्यवस्था कार्यालयमा नाराबाजी र प्रदर्शन, कार्यालयमा तालाबन्दी


0
Shares

सेवाग्राहीको प्रदर्शन र नाराबाजीका कारण ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था विभागको कामसमेत प्रभावित भएको छ ।

सेवाग्राहीले त्यस क्षेत्रको यातायातसमेत अबरुद्ध पारेका छन् ।

स्थानीय तहको चुनावका कारण रोकिएको लाइसेन्स वितरण तथा नवीकरण आइतबारबाट सुरु भएको थियो ।

पहिलो दिन झण्डै ५ सयले आवेदन दिए तर, सोमबार सर्बर विग्रिएको थियो ।

सर्बर विग्रिएका कारण अनलाइन आवेदन दिन नपाएकाहरुले एकान्तकुना पुगेर लिखित आवेदन दिए ।

तर, लिखित आवेदन नलिने भनेपछि कर्मचारीमाथि सेवाग्राहीले हातपातको प्रयास गरेका थिए ।

सेवाग्राहीले यातायात व्यवस्था कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

सेवाग्राहीहरुले भने आफूहरुलाई सर्बर विग्रिएको भन्दै लाइसेन्स नदिएको तर, केहीलाई भने भित्रभित्रै दिने गरेको आरोप लगाएका छन् ।