Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सुदुर पश्चिमका तीन जिल्लाबाट १०५ जना मानिस हराए, पैसा कमाउन गएका फर्किएनन्


0
Shares

-कल्पना बोहरा/ईमेज

अध्ययन अनुसार हराएका तथा बेपत्ता भएका व्याक्तिहरुको तथ्यांक संकलन तथा सर्वेक्षण अनुसार पैसा कमाउन भारत जाने र गएपछि सम्पर्कबिहीन भई नर्फकिने गरेको पाइएको हो ।

अछामको साँफेबगर नगरपालिका डोटी जिल्लाका साविकका सानागाउँ, काठमाडौं, रानागाउँ, खातीबाडा, दर्गामाण्डौ र छतीवन गाविस र कञ्चनपुरको भिमदत्तनगरपालिका र बेतकोट नगरपालिकामा राष्ट्रिय बातावरण तथा समविकास समाज (निड्स) नेपालद्धारा सञ्चालित आप्रवासन कामदारहरु र मानव बेचविखन प्रभावित अधिकार संरक्षण तथा सम्बद्र्धन र सामाजिक सेवामा पहुँच विस्तार परियोजनाको समिक्षा कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरीएको हो ।

तीन जिल्ला मध्ये अछाममा ३ महिला २७ पुरुष, डोटीमा ३ महिला ४४ पुरुष र कञ्चनपुरमा २ महिला २६ पुरुष हराएका हुन् ।