त्यसैमध्येको एक हो, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र । जुन पछिल्लो समय कवाडखानाझैं बनेको छ ।
सरकारले अनुसन्धान क्षेत्रलाई फराकिलो बनाउन पहल नगर्दा र अतिराजनीतिकरण हुँदा अनुसन्धान केन्द्र बन्द हुने अवस्थामै पुगेको छ ।
जताततै घाँसैघाँस, भत्किएका र प्रयोगमा नआएका पुराना भवन । यत्रतत्र मिल्किएका बिग्रिएका मेसिन देख्दा जो कोही त कवाड खानामा पो पुगें कि भनेर झुक्किन सक्छन् ।
तर, विडम्बना मान्नुपर्छ नेपालको उच्च शिक्षा हासिल गर्ने र उच्चतम् नागरिक उत्पादन गर्ने जिम्मा लिएको त्रिभुवन विश्वविद्यालयअन्तर्गत् सन्चालित अनुसन्धान केन्द्रको हविगत हो यो ।
व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), जसको स्थापना आजभन्दा ४० वर्षअघि भएको थियो । तर, अहिले यो करिब–करिब बन्द हुने अवस्थामा पुगेको छ ।
देशलाई कुन अनुसन्धान आवश्यकता छ, कुन अनुसन्धानमार्फत् देश विकास गराउन सकिन्छ भनी सरकारलाईसमेत मार्गदर्शन गर्नुपर्ने अनुसन्धान केन्द्रको यो कन्तबिजोग देख्दा टीठ लागेर आउँछ ।
अनुसन्धान केन्द्रको यो यो बिचल्ली हुँदा न त सरकार न त त्रिभुवन विश्वविद्यालय प्रशासन नै कोही पनि गम्भीर देखिँदैनन् ।
यो ठाउँ हाल समय कटाउने, काम गर्नु नपर्ने तर पैसा आइरहने स्थानमात्र बन्दै गएको स्वयं संस्थाको नेतृत्व गरिरहेका रिकास्ट प्रमुख रामेश्वर अधिकारी स्वीकार्छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्