धमनीमा सामान्य अवरोध देखिएकाले एनजीओप्लास्टी गरिएको नर्भिक अस्पतालले जनाएको छ । पूर्वराजा शाहको स्वास्थ्य अहिले सामान्य छ ।
उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने र आराम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
पूर्वराजा शाहको उपचारमा डा. यादव भट्ट नेतृत्वको टोली संलग्न छ । टोलीमा डा. शिवजीविक्रम सिलवाल, डा. शेखर राजभण्डारी र डा. नमा श्रेष्ठ छन् ।
पूर्वराजा अस्पतालमा भर्ना भएपछि पूर्वरानी कोमल, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानी पनि नर्भिक अस्पताल पुगेका थिए ।
पूर्वराजाको स्वास्थ्य अवस्था बुझ्न शुभचिन्तक र सर्वसाधारणसमेत नर्भिक अस्पताल पुगेका थिए ।










प्रतिक्रिया दिनुहोस्