बिहानैदेखि लाग्ने चर्कोका कारण सर्वसाधारणको दैनिकी निकै कस्टपूर्ण हुन थालेको छ । दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर-पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन् ।
गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको देखिन्छ । चर्को घामसँगै तातो हावा चल्दा दैनिक जीवन–यापनसमेत प्रभावित भएको छ ।
एक हप्ताअघिको अत्यधिक वर्षा र बाढीको कहर सकिन नपाउँदै सुरु भएको अत्यधिक गर्मीले मानिसको चहल–पहलसमेत घटेको स्थानीयवासी बताउँछन् ।
गर्मीका कारण अस्पतालमा पखला, रुघाखोकी तथा ज्वरोका बिरामीका चाप बढ्नाका साथै सर्पदंशको घटनासमेत बढेको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिए ।
सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा गर्मी बढेसँगै दैनिक ४०/५० जनासम्म बिरामी आउने गरेको अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।
अत्यधिक गर्मीका कारण जमिनमुनि बस्ने सर्प जमिनबाहिर निस्कन थाल्ने र सर्वसाधारणलाई टोक्नेक्रम बढेकाले जिल्ला अस्पतालसहित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढेको छ । रासस










प्रतिक्रिया दिनुहोस्