Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


चूडामणि शर्माको मुद्दा यथास्थितिमा राख्न सर्वोच्चको आदेश


0
Shares

न्यायाधीश चोलेन्द्रशम्शेर राणा र प्रकाश राउतको संयुक्त इजलासले बुधबार शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

प्रवक्ता उपाध्यायले शर्माको मुद्दामा ‘गम्भीर कानुनी जटिलता देखापरेको’ हुनाले सो मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको बताए ।

शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाइ गत असार २७ गते गैरकानुनीरूपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले उनलाई थुनामा राखिएको छ ।

शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ एनसेललाई उन्मुक्ति दिएको, कर फर्छ्यौट आयोगको सदस्यसचिवसमेत रहेका शर्मामाथि रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ । रासस