नेपाल सरकारको सघन सहरी विकास कार्यक्रमअन्र्तगत् उक्त सडक व्यवस्थित एवं पुुनःनिर्माण हुुन लागेको हो ।
१४ ओटा सडकको निर्माण लागत एक अर्बभन्दा बढी रहेको छ । उक्त सडकको लम्बाइ २५ किमि रहने जनाइएको छ ।
महानगरपालिकाका विभिन्न १० ओटा वडाका सडकलाई व्यवस्थित एवं विस्तार गर्न लागिएको हो । सडक विस्तारका लागि ठेक्काको कामसमेत सम्पन्न भइसकेको छ ।
विराटनगर महानगरपालिकाको वडा नम्बर–१६ देखि २० नम्बर जोड्ने दरैयामार्ग, वडा नम्बर–१८ को जतुुवाचोकदेखि कठकुुप्पासम्म व्यवस्थित सडक निर्माण गर्न लागिएको जनाइएको छ ।
त्यस्तै, विराटनगर–५ को खानेपानीटंकी हुुँदै जामुुनेश्वर मार्गसम्म, वडा नम्बर–४ को कन्चनमार्ग, भूपूमार्ग तथा औषधि व्यवस्था विभाग हुँदै बिहीबारे हटियासम्म सडक निर्माण गर्न लागिएको हो ।
त्यस्तै, वडा नम्बर–१ को नमुुनामार्ग, वडा नम्बर–२ को संसारी माईपथ तथा विराटनगर–११ को अशोकचोक जाने सडकलाई व्यवस्थित गर्न लागिएको हो ।
यसै आवमा काम सम्पन्न गर्ने गरी सडक विस्तारसँगै दुुबैतर्फ व्यवस्थित नाला र स्तरीय कालोपत्रे गरी उक्त सडकलाई विराटनगरकै नमुुना सडक बनाउनेगरी काम गर्न लागिएको महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख इन्दु कार्कीले बताइन् । रासस










प्रतिक्रिया दिनुहोस्