Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


माइती गएकी देवी मृत फेला


0
Shares

माइतीघरबाट फर्कनेक्रममा सम्पर्कविहीन भएकी बिक बिहीबार जन्तेढुंगा गाउँपालिका–३ काहुलेस्थित नेप्टेजंगलमा भेटिएको प्रहरीले जनाएको छ ।

बिकको शव सडकभन्दा करिब ५०० मिटर तल कम्मरमुनिको कपडा खोलिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पप्पु नायकले बताए । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको जनाएको छ । 

माइतीघर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खु शिवालयबाट घर फर्कनेक्रममा बिक बुधबारदेखि परिवारसँग सम्पर्कविहीन रहेकी थिइन् ।

उनका श्रीमान् भने रोजगारीका सिलसिलामा विदेशमा रहेको स्थानीयले बताएका छन् । बिक दम्पत्तीका एक छोरा र पाँच छोरी छन् ।