सरकार र विभिन्न संघ–संस्थाको सहयोगमा उनले नयाँ जीवन पाइन् ।
वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेर त्यहाँ १० वर्षे कठोर जीवन बिताएर नेपाल फर्किएकी सिन्धुपाल्चोककी डोल्मा शेर्पाको आँखामा अहिले खुसीका आँसु देखिन्छन् ।
माइती नेपालको पहलमा नेपाल फर्किएकी डोल्मा अहिले नयाँ जीवन पाएकोमा खुसी देखिएकी हुन् ।
२०६२ सालमा रोजगारीको सिलसिलामा कुवेत पुगेकी डोल्मालाई जीवनमै सोच्दै नसोचेको आपत् आइलाग्यो ।
एक फिलिपिनी महिलाको हत्याको अभियोगमा मृत्यदन्डको सजाय सुनाइएकी डोल्मालाई माइती नेपालको पहलमा नेपाल फर्काइयो ।
नयाँ जीवन पाएकोमा खुसी व्यक्त गर्दै उनले अब बाँकी जीवन सुख–दुःख गर्दै स्वदेशमै बिताउने संकल्प गरेकी छन् ।
उनको जीवनलाई नयाँ गोरेटोबाट अघि बढाउन सहयोगी हातहरु पनि अघि बढ्दै छन् ।
माइती नेपालकी संस्थापक अनुराधा कोइरालाको संयोजकत्वमा गठित ‘डोल्मा जीवन बचाऊ अभियान’बाट संकलित १ लाख ६० हजार रुपैयाँ पाएपछि उनी झन् उत्साहित भएकी छन् ।
जीवन जीउने अर्को साथ र सहयोग पाएकोमा उनको मनमा खुसीका लहर छाउन थालेका छन् । उनी नयाँ जीवन पाएकोमा खुसी त छँदैछिन्, नेपाल सरकार, माइती नेपाललगायतका संस्थाले गरेको सहयोगप्रति पनि आभार व्यक्त गर्दछिन् ।
उनले रोजगारीका लागि विदेशमा नजानसमेत सल्लाह दिने गरेकी छन् ।
डोल्मा विदेश जाँदा साढे दुई वर्षका छोरा अहिले १४ वर्षका भएका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्