Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश


0
Shares

न्यायाधीश शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले बिहीबार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले सिफारिस गरेको योग्यताक्रम (मेरिट)अनुसार नै विद्यार्थी भर्ना गर्न आदेश दिएको हो ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र वीरगन्जस्थित नेसनल मेडिकल कलेजले मेरिटका आधारमा विद्यार्थी भर्ना नगरी तोकिएकोभन्दा बढी शुल्क लिइ भर्ना गरेका ५३ जना विद्यार्थीका विपक्षमा सर्वोच्चले सो आदेश दिएको हो ।

कलेजले आफूखुसी मनोमानी ढंगले बढी रकम लिएर भर्ना गर्नुलाई अवैध ठहर गर्दै योग्यताक्रमका आधारमा विद्यार्थीलाई भर्ना गर्न सो आदेशमा भनिएको छ ।

योग्यताक्रममा रहेका विद्यार्थीलाई कलेजमा भर्ना नलिइ बढी पैसा बुझाएर भर्ना भएका सन्दीप कँडेलसहित २० जनाले असार ४ गते र युनिभर्सलमा भर्ना भएका ललितजंग शाहीसहित ३३ जनाले असार ८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रासस