बिहान काठमाडौँबाट भक्तपुरतर्फ आइरहेको बा २ क १२१३ नं को मिनि टिपरले बा ७७ प ४२२० नं को मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा काठमाडौं कीर्तिपुर बस्ने १८ वर्षकी अश्मी सुनार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
घटनामा घाइते भएका उनलाई उपचारका लागि गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । घटनामा घाइते मोटरसाइकल चालक काठमाडौं कीर्तिपुर बस्ने वर्ष २२ को हरि गहतराजको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दुबै सवारी साधन र टिपर चालक भक्तपुर नगरपालिका– ९ बस्ने ३२ वर्षको जीवन ज्याठालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । (रासस)










प्रतिक्रिया दिनुहोस्