Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


केएल दुगडको खाद्य गोदाममा भीषण आगोलागी (भिडियो)


0
Shares

नेपालगन्ज–कोहलपुर सडकखन्डको भुजईगाउँमा रहेको गोदाममा आगोलागी भएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

नेपालगन्जमा रहेका दुईओटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयारी जारी छ ।

नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका दुईओटा दमकल आगो नियन्त्रणमा जुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले शनिबार दिउँसो करिब ४ बजेर ३० मिनेटमा भएको आगोलागीको कारण अझै खुल्न नसकेको जानकारी दिए ।

गोदाममा घ्यू, सोयाबिनको तेल र गहुँ थियो । गोदाममा रहेको घ्यू र तेलका कारण आगो नियन्त्रणमा लिन कठिनाइ परेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्नुहोस्