Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


विराटनगरको मकालु गार्मेट उद्योगमा भीषण आगोलागी (भिडियो)


0
Shares

विराटनगर–१३ स्थित उद्योगमा शनिबार दिउँसो ३ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए । विद्युत् सर्ट हुँदा उद्योगमा आगो लागेको जनाइएको छ ।

सुनसरी र मोरङबाट आएको चारओटा बारुणयन्त्र, नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

भिडियो हेर्नुहोस्