फाइल फोटो
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार मुग्लिनबाट २.३ किलोमिटर नारायणगढतर्फ पहिरो खसेको हो । पहिरोले ३० मिटरजति सडक ढाकेको खनालले बताए ।
अपराह्न ३ः५० बजेदेखि पहिरो खस्न थालेकोमा निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाउन नसकिएको उनले बताए ।
सोही ठाउँमा गत महिना पहिरो खस्दा ३४ घन्टा सडक अवरुद्ध भएको थियो ।
सोही सडकको जलवीरेमा शनिबार बिहान पहिरो खस्दा तीन घन्टा सडक अवरुद्ध भएको थियो । सो सडकमा रातको समयमा आवागमन रोकिँदै आएको छ ।
सडकको स्तरोन्नतिकाक्रममा भित्तो काटिएका ठाउँमा पटक–पटक पहिरो खसेपछि यो सडक हुँदै आवत–जावत गर्ने यात्रीले दुःख पाउँदै आएका छन् । रासस










प्रतिक्रिया दिनुहोस्